तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहिनको लगत सङ्कलन शुरु गरेको छ । गाउँपालिकाले बिहीबारदेखि सबै वडाहरुबाट भूमिहिनको लगत सङ्कलन शुरु गरेको हो ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि गाउँपालिकाले भूमिहिनको लगत सङ्कलन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडा कार्यालयमा निवेदन दिने व्यवस्था मिलाइएको छ । भूमिहिनको लगत सङ्कलनका लागि गाउँपालिकाले वडामै सङ्कलनकर्ता खटाएको छ ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले २०७८ वैशाख १२ गतेसम्म निवेदन दिन सक्नेछन् ।