‘फूलबुट्टे सारी’ गीतको संस्कृत संस्करण सार्वजनिक (भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    ‘फूलबुट्टे सारी’ गीतको संस्कृत संस्करण सार्वजनिक (भिडिओ)

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७७, शुक्रबार

    काठमाडाै : राजनराज शिवाकोटीले संगीतबद्ध गरेको लोकप्रिय गीत फूलबुट्टे सारीको संस्कृत संस्करण शुक्रवार सार्वजनिक गरिएको छ ।  यसअघि यस गीतका अफ्रिकी तथा पञ्जाबी संस्करण कभर गीतका रूपमा सार्वजनिक भइसकेका छन् । 

    संस्कृतमा यस गीतलाई जागरण घिमिरेले गाउनुभएकाे हाे भने संस्कृत भाषा रूपान्तरण केएन स्वामीले गर्नुभएकाे हाे । केएन अफिसियल नामक यूट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।संस्कृत भाषामा गीतको बोल फुल्लचित्र शाटी हो ।