दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणबाट निधन भएको छ। कोरोना सङ्क्रमणबाट ५१ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
ती पुरुषमा चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार जनाएको छ । उहॉमा निमोनिया लगायतका समस्या थियो ।