तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिरमा नयाँ वर्षको अवसरमा भक्तजनको अत्याधिक भीड लागेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वास सहित उक्त मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् ।
ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।
पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।
केही तस्वीरहरु :