पाथर्दीमा भीमाद नगरपालिकाको कार्यपालिका बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    पाथर्दीमा भीमाद नगरपालिकाको कार्यपालिका बैठक

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाको कार्यपालिका बैठक वडा नम्बर ९ पाथर्दीस्थित सामुदायिक घरबासमा कार्यपालिकाको बैठक बस्ने भएको छ । नगरकार्यपालिकाको १६ औं बैठक वैशाख ५ गते पाथर्दी सामुदायिक घरबासमा बस्न लागेको हो । बैठकमा विभिन्न एजेण्डाहरुमा छलफल हुने नगरपालिकाले जनाएको छ ।

    पछिल्लो समयमा जिल्लाका विभिन्न पालिकाहरुले पर्यटकीय स्थानका प्रचारप्रसारका लागि सोही ठाउँमा गएर कार्यपालिका बैठक आयोजना गर्दै आइरहेका छन् । भीमाद नगरपालिकाले कार्यालय बाहिर पहिलो बैठक कार्यपालिका बैठक आयोजना गर्न लागेको सोही वडाका अध्यक्ष इमानबहादुर थापाले बताउनुभयो ।

    नगरकार्यपालिकाको बैठक पाथर्दीमा हुने भएपछि यस स्थानको प्रचारप्रसारमा सहयोग पुग्ने पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताउनुभयो । “पछिल्लो केही समयमा यस ठाउँको विस्तारै प्रचारप्रसार हुँदैछ, नगरपालिकाको बैठक नै यहाँ हुनेभएपछि थप प्रबद्र्धन हुनेमा विश्वस्त छौ,” आलेले भन्नुभयो ।

    पाथर्दीलाई बोयर जातको बाख्राको स्रोतकेन्द्रको रुपमा समेत विकास गरिएको छ । पाथर्दीका हरेक घरले व्यावसायिक रुपमा बाख्रापाल्दै आएका छन् । देशका विभिन्न ठाउँबाट सर्वसाधारण यहाँको बाख्रापालन अवलोकनका लागि आउने गरेका छन् ।