भारतमा सोमबार साढे ३ लाख संक्रमित थपिए, झण्डै ३ हजारको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा सोमबार साढे ३ लाख संक्रमित थपिए, झण्डै ३ हजारको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    एजेन्सी : भारतमा एकैदिन साढे तीनलाख कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाखको संक्रमित आँकडा पार गरेको यो लगातार पाँच दिन हो ।

    ३ लाख ५२ हजार ९९१ जना संक्रमित थपिएका हुन् । २८ लाख १३ हजार सक्रिय संक्रमित थपिएका छन् । भाइरसबाट २४ घण्टामा २,८१२ जना संक्रमितको मृत्यु भएको छ । भारतको अवस्था भयावह बन्दै जान थालेपछि अमेरिका, बेलायत, जर्मनीले स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेका छन् ।