एजेन्सी : भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ४४ जना थप भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कुन संक्रमितको संख्या १,७६,३८,३०७ पुगेको छ भने मृतकको संख्या १,९७,८९४ पुगेको छ।