ऋषिङ दुर्घटनाप्रति सांसद सिग्देलद्वारा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ दुर्घटनाप्रति सांसद सिग्देलद्वारा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-१ धारापानीमा मङ्गलबार भएको दुर्घटनाप्रति प्रतिनिधि सभा सदस्य केदार सिग्देलले दु:ख व्यक्त गर्नुभएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका सिग्देलले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

    सिग्देलले घाइतेको उपचारमा गम्भीर ध्यान दिन सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

    दमौलीबाट भिरकोट जॉदै गरेको ग १ ज ७६०० नम्बरको जीप दुर्घटना हुँदा व्यास नगरपालिका-५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।