बन्दीपुरका विद्यालयमा परीक्षा स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरका विद्यालयमा परीक्षा स्थगित

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७८, शनिबार

    तनहुँ : कोरोना कहरका बीचमा सञ्चालन हुन लागेको वार्षिक परीक्षा तनहुँको बन्दीपुर गाउँपालिकाले स्थगित गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले वैशाख १९ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा स्थगित गरेको हो ।

    शनिबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । विद्यालयमा भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरी भर्चुअल र अन्य माध्यमबाट पठनपाठन गर्न तथा यस अवधिमा शिक्षकहरु विद्यालयमा नियमित उपस्थित भई प्रशासनिक कार्यहरु सुचारु गर्न, शैक्षिक सामग्री निर्माण, सूचना प्रविधिको अभ्यासको कार्यमा सहभागी हुन गाउँपालिकाले आग्रह गरेको छ ।