भिमाद, व्यास र शुक्लागण्डकीमा थपिए ११ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद, व्यास र शुक्लागण्डकीमा थपिए ११ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँमा मङ्गलबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित थपिएका हुन् ।

    भिमाद नगरपालिका–४ का ९१ वर्षीय पुरुष, भिमाद नगरपालिका–८ का ३९ वर्षीया महिला, वडा नखुलेका १४, १५ र ४० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–३ की २४ वर्षीया महिला र वडा नखुलेका ४१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका–५ का ३१ वर्षीया महिला, ५० वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का २७ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।