शुक्लागण्डकी र व्यासमा थप पॉच कोरोना सङ्क्रमित थपिए, मङ्गलबार १६ मा सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी र व्यासमा थप पॉच कोरोना सङ्क्रमित थपिए, मङ्गलबार १६ मा सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँमा थप पॉच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी र व्यास नगरपालिकामा थप पॉच जनामा सङ्क्रमण पुष्टि भएको हो । याेसँगै तनहुँमा मङ्गलबार १६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–६ का ३४ वर्षीय पुरुष, व्यास नगरपालिका–२ का ५४, ६५ वर्षीय पुरुष, व्यास नगरपालिका–३ का ३३ वर्षीय पुरुष र व्यास नगरपालिका–४ का ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यसअघि मङ्गलबार नै भिमादका पाँच, व्यास नगरपालिकाका दुई र शुक्लागण्डकी नगरपालिकाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।