गण्डकी प्रदेशमा एकैदिन थपिए ४२९ सङ्क्रमित (कुन जिल्लामा कति ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा एकैदिन थपिए ४२९ सङ्क्रमित (कुन जिल्लामा कति ?)

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशमा मङ्गलबार एकैदिन ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार मङ्गलबार ४ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ९ सय ३ स्वाब परीक्षण गरिएकामा नवलपुर, स्याङ्जा, बागलुङ, कास्की, तनहुँ, लमजुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सङ्क्रमित थपिएका छन् । विवरण अनुसार नवलपुरमा ५१, स्याङ्जामा ५, बागलुङमा ३३, कास्कीमा ३१०, तनहुँमा १६, लमजुङमा ८, पर्वतमा १, म्याग्दीमा १ र मुस्ताङमा ४ जना सङ्क्रमित थपिएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ६३ सङ्क्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।