काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ । स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लाग्नुभएकाे छ ।
बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि गृहमन्त्री बादल एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली लिएर सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा जानुभएकाे हाे ।