संसद सचिवालयमा कार्यरत तनहुँ घर भएका उपसचिवको कोरोना संक्रमणबाट निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद सचिवालयमा कार्यरत तनहुँ घर भएका उपसचिवको कोरोना संक्रमणबाट निधन

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७८, शुक्रबार

     काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो । (अनलाइन खबरबाट)