सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुनः नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुनः नियुक्त

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७८, शुक्रबार

    तनहुँ : सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल पुनः नियुक्त हुनुभएकाे छ । बैशाख २४ गते बिहान वसेको वित्तीय संस्थाको संचालक समितिको ८६ औं बैठकले जेठ १ गतेबाट लागु हुने गरि थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा  पौडेललाई  नियुक्ति गरेको हो ।  

    २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गर्नुभएका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा बिभिन्न पद हुदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ । 

    नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था २०७४ असार ३० गतेबाट सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।