कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोना परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७८, शुक्रबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

    ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो,’ प्रेस सल्लाहकार थापाले फेसबुकमा लेख्नु भएको छ ।