पाेखरा : एकताबद्ध पार्टीको पक्षमा नेकपा एमाले गण्डकी प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्नुभएको छ । नेकपा एमालेलाई एकताबद्ध बनाउँदै पार्टी जोगाउन प्रदेशका ११ वटै जिल्लाका अध्यक्षहरुले शीर्ष नेताहरुलाई अपिल गर्नुभएको हो ।
शुक्रबार प्रेस विज्ञप्तीमार्फत् उहाँहरुले कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै एकताबद्ध नेकपा एमालेलाई जोगाउन अनुरोध गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीवन्त गतिशिल पार्टी हो, नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेका छन् । यो अन्तरसङ्घर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महशुस गरिरहेका छौ ।”