काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीलाई सरकारबाट हटाउने निर्णय जसपाले नगरेको जानकारी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिनुभएकाे छ ।
वरिष्ठ नेता राजेन्द्र महतोसहित आइतबार बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन सुझाव दिएको ठाकुरनिकट स्रोतले जनाएको छ । उहाँले बाबुराम र उपेन्द्र यादवको निर्णय पार्टीको नभई व्यक्तिगत भएको समेत बताउनुभएकाे छ ।
स्रोतले भन्यो, ‘उपेन्द्रजीले गरेको निर्णय उहाँको व्यक्तिगत हो । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय लिएको छैन । तपाईं अविश्वास प्रस्तावतर्फ जान लाग्नुभएको हो भने हाम्रो अहिले त्यसमा समर्थन छैन ।’