दमाैली : व्यास नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई सङ्केत सामग्री सहयोग गरेको छ । नगर क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित नगरपालिकाले प्रहरीलाई सङ्केत सामग्री सहयोग गरेको हो ।
नगरपालिकाले प्रहरीलाई २८ थान सङ्केत सामग्री सहयोग गरेको छ । उक्त सामग्री दमौली बजार क्षेत्र भित्र मालपोत लाइन र बाल मन्दिर, सत्यवती मावि लाइनमा स्थायी पार्किङका लागि प्रयोग गरिनेछ ।
त्यस्तै एकतर्फी कायम गरिएको गणेशमान चोक, मनकामना चोक, उत्तरशीला चोक, जलदेवी मार्गबाट सफासडक चोकमा निस्कने बाटोमा पनि सामग्री राखिने प्रहरीले जनाएको छ । साथै भादगाउँको मनकामना टोलमा प्रत्येक हप्ता एकतर्फी पार्किङको व्यवस्था मिलाइएको छ ।