द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर (तस्वीरहरु सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    द क्लिफ रिसोर्टमा बन्यो नेपालकै पहिलो स्काइ चियर (तस्वीरहरु सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    पर्वत : एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ। कालीगण्डकी खोँच माथिको स्काइ चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ।

    पर्यटकले स्काइ चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् । विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काइ चियर खुला गरिने बताइएको छ। एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताउनुभयाे।

    रिसाेर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ। स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताउनुभयाे। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ। साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको छ। जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्। पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ। पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ। यस्ता खालका गतिविधिले पर्यटकलाई उचाइको डरसँग सामना गर्न सगाउने बताउँदै कार्की थप्नुहुन्छ ‘भोलिका दिनमा पनि अन्य साहसिक गतिविधि थप्दै लैजाने योजना रहेको छ।’