दमौली अस्पतालमा अक्सिजन सहितको आइसोलेशन, तर सङ्क्रमितले उपचार नपाएर मर्नुपर्ने ? (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा अक्सिजन सहितको आइसोलेशन, तर सङ्क्रमितले उपचार नपाएर मर्नुपर्ने ? (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    दमाैली : दैनिक रुपमा कोभिड सङ्क्रमित बढ्न थालेपछि सदरमुकाममा रहेको दमौली अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनायो । अस्पतालले चार वटा भेन्टिलेटर र सात आइसियु सहित ३० अक्सिजन सिलिन्डर सहितको आइसोलेशन कक्ष बनाएको छ ।

    अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनाएपछि कोरोना सङ्क्रमित उपचार पाउनेमा ढुक्क थिए । तर तनहुँको भानु नगरपालिका–१ का ६४ वर्षीय वृद्धले समयमै उपचार नपाएकै कारणले ज्यान गुमाउनुपरेको छ ।

    दुई दिन अगाडी ओम अस्पतालमा परीक्षण गराउँदा कोरोना सङ्क्रमण पुष्टि भएका ती वृद्ध घर आएका थिए । घरमै रहँदा श्वासप्रश्वासमा समस्या भएपछि परिवारले शनिबार राति दमौली अस्पताल ल्याएको दावी गरेको छ । अस्पताल ल्याएपछि घरमै आराम गर्नु भनेर पठाएको पीडितको भनाई छ । “हिजै अस्पताल भर्ना गरिदिएको भए आजसम्म बिरामी ठिक भइसक्थे होला,” पीडित परिवारका एक सदस्यले भन्नुभयो, “अस्पतालको लापरवाहीका कारण उहाँको ज्यान गएको छ, यसको जिम्मेवारी कसले लिने हो ?”

    यता दमौली अस्पतालले भने आफूहरुको तर्फबाट कुनै कमजोरी नरहेको बताएको छ । पूर्व जानकारी बिना ल्याइएकाले अस्पताल भर्ना गर्न नसकिएको र पोखरा रिफर गरिएको अस्पतालको भनाई छ । ती वृद्धको नेपाली सेनाले आइतबार राति नै शव व्यवस्थापन गरिसकेको छ ।

    video : Sabin lamichane

    आहा! तनहुँमै कोभिडका बिरामीलाई भेन्टिलेटरमै राखेर उपचार गरिने भन्नी कुरा सुन्दा खुसी लागेको थियो । खै सम्बन्धित निकायले नि अनुगमन गरे भन्नी पनि खबर आएको थियो । तर आज दमौली अस्पतालमा कोरोना कारण सास फेर्न गार्हो भएर छट्पटटाएका भानुका १ बृदको समयमा नै उपचार नपाएर एम्बुलेन्समै ज्यान गएको छ । अहिलेको माहामारीमा स्वास्थकर्मीलाई भगवान मानी रह्दा व्यवस्थापन गर्ने निकायको जिम्मेवार शून्य देखियो । आज यहि बिषय न्युज २४ को सिधाकुरा जनता सङ कार्यक्रममा #अर्को पटक यस्तो घटना नदोहोरियोस ।

    Posted by Sabin Lamichhane on Sunday, May 9, 2021