डुम्रेबाट २५ सिलिन्डर सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    डुम्रेबाट २५ सिलिन्डर सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँको डुम्रे बजार क्षेत्रबाट २५ थान सिलिन्डर सङ्कलन गरिएको छ । केही दिन यता प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट सिलिन्डर सङ्कलन थालेको छ ।

    सोही क्रममा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिन्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिन्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुषालले जानकारी दिनुभयो । सङ्कलन गरिएको सिलिन्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।

    तस्वीर : डिपी अधिकारी