कोरोना रोकथामका लागि अस्पताल र स्वास्थ्य शाखा प्रमुखसँग बैठक : के भयो निर्णय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना रोकथामका लागि अस्पताल र स्वास्थ्य शाखा प्रमुखसँग बैठक : के भयो निर्णय ?

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार जिल्लास्थित अस्पतालका प्रमुख र विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँग छलफल गरेको छ । कोरोना सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि कार्यालयले विभिन्न अस्पतालका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसँग छलफल गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले सङ्क्रमितलाई थप उपचारका लागि अस्पतालसम्म लैजान पर्दा सम्बन्धित अस्पतालका प्रमुखसँग स्वास्थ्य शाखा प्रमुखले समन्वय गर्ने निर्णय गरेको छ ।

    तनहुँका अस्पतालमा उपचार गराउने सम्बन्धमा अस्पतालमा उपलब्ध सेवा र शैय्यालाई मध्यनजर गरी पठाउने एवं सबै स्थानीय तहमा रहने स्वास्थ्य संस्थाका आइसोलेशनमा बिरामीको अवस्था र दिनुपर्ने सेवाको आधारमा सङ्क्रमितको उपचारको प्रबन्ध गर्ने निर्णय समेत भएको छ । साथै सङ्क्रमितलाई उपचारका लागि पोखरा र अन्य अस्पतालमा पठाउनुपर्दा स्वास्थ्य कार्यालयका प्रमुखसँग समन्वय गर्ने निर्णय समेत भएको प्रशासनले जनाएको छ ।

    बैठकले स्थानीय तहमा स्वास्थ्य शाखा प्रमुख रहने गरी गठन भएको अनुगमन समितिले होम आइसोलेशन र क्वारेन्टिनको अनुगमन गर्ने, अनुगमन गर्दा होम आइसोलेशनमा रहेका सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड गरेको नपाइएमा सम्झाउने बुझाउने र सो गर्दा समेत नमानेमा कानून अनुसार कारवाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

    Scan2021-05-10_111737