भानुका वृद्ध मृत्यु प्रकरणमा स्वास्थ्य निर्देशनालयको झुटको खेती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका वृद्ध मृत्यु प्रकरणमा स्वास्थ्य निर्देशनालयको झुटको खेती

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय वृद्धको आइतबार दमौलीमा मृत्यु भयो । कोरोना सङ्क्रमण भएका ती वृद्धले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुप¥यो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि दमौली अस्पताल ल्याइएका ती वृद्धले उपचार नपाएकै कारण मृत्युवरण गर्न पुगेका हुन् ।

    तर स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको विज्ञप्तीमा दमौली अस्पतालमा उपचारको क्रममा निधन भएको जनाएको छ । अक्सिजन सहितको आइसोलेशन बनाएको दावी गरेको दमौली अस्पतालले ती वृद्धलाई भर्ना नलिएकै कारण एम्बुलेन्समा ज्यान गुमाउनुपरेको पीडित परिवारको आरोप छ ।