तनहुँ : तनहुँमा सोमबार सात जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भिमादका तीन र व्यासका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
विवरण अनुसार भिमाद–६ का ५४ वर्षीया महिला, २९ वर्षीय पुरुष र ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यास–१ का ५७ वर्षीया महिला, व्यास–३ का ३४ वर्षीया महिला र व्यास–५ का ६०, २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।