तनहुँ : तनहुँमा सोमबार थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी र भानुमा १५ जना सङ्क्रमित थपिएका हुन् ।
व्यासमा १३ र शुक्लागण्डकी र भानुमा एक/एक सङ्क्रमित थपिएका छन् । व्यासका वडा नम्बर १,२,३,५,९,१० र १३ का व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको छ भने शुक्लागण्डकी वडा नम्बर २ र भानु १३ की व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।