स्थानीय तहलाई गुरुङको आग्रह : अक्सिजन खरिद र आइसोलेशन व्यवस्थापनमा लागौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहलाई गुरुङको आग्रह : अक्सिजन खरिद र आइसोलेशन व्यवस्थापनमा लागौ

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले अक्सिजन खरिद र आइसोलेशन व्यवस्थापनमा लाग्न स्थानीय तहलाई आग्रह गर्नुभएको छ। कोभिड जोखिम बढ्दै जॉदा सङ्क्रमितले बेड र अक्सिजन नपाएर ज्यान गुमाउनुपरेपछि गुरुङले जिल्लाका स्थानीय तहसँग उक्त आग्रह गर्नुभएको हो।

    “अहिलेको महामारीको समयलाई मध्यनजर गर्दै स्थानीय तहहरुले यो आर्थिक वर्षमा विनियोजन गरेको तर काम नभएको बजेटहरु रकमान्तर गरेर कोभिड आइसोलेशन कक्ष बनाउन, अक्सिजन, भेन्टिलेटर खरिद गर्न ढिलाई गर्नहुँदैन,” उहॉले भन्नुभयो, “जनता रहेमात्र स्थानीय तह र पद रहने हो।”

    पछिल्लो समय कोभिड दोस्रो लहर बढेसँगै प्राय स्थानीय तहहरुका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्षहरुले सङ्क्रमित बिरामी बोक्न एम्बुलेन्स सङ्ख्या पर्याप्त नभएपछि बिरामी बोक्नका लागि आफूले प्रयोग गरेका गाडीहरू एम्बुलेन्सको रूपमा प्रयोग गर्नका लागि दिएका समाचार सार्वजनिक भइरहेका छन् । तर अस्पतालमा बेड नै नभएपछि एम्बुलेन्स बनाइएका गाडी सङ्क्रमित बोकेर कहॉ जाने भन्दै गुरुङले प्रश्न गर्नुभएको छ ।