पाेखरा : पछिल्लो २४ घण्टाको अवधिमा गण्डकी प्रदेशमा थप ११ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीका एक, कास्कीका ६, स्याङ्जाका एक, तनहुँका एक र रुपन्देहीका दुई सङ्क्रमितको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८७ पुगेको छ ।
म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा वैशाख २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१६ की ६० वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–२१ का ८० वर्षीय पुरुषको होम आइसोलशनमा मृत्यु भएको छ । उहाँमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका–६ की ३२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५५ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्याङ्जाको भिरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तनहुँको व्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । फाइल तस्वीर