तनहुँ : आमा औशीको दिन तनहुँको व्यास नगरपालिका-२ घर भई हाल बेलायतमा रहनुभएका हरिकुमार मल्लले वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गर्नुभएको छ । मल्लले आफ्नी आमाको सम्झनामा चापाघाटस्थित आश्रमका ज्येष्ठ नागरिकको पालनपोषणमा सघाउन रु ७ हजार पॉच सय सहयोग गर्नुभएको हो ।
मल्लका बुहारी लक्ष्मी सिंह मल्लले मङ्गलबार आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।
महिलाद्वारा सञ्चालित अक्त आश्रमलाई विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन् । दाताको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको छ ।