बन्दीपुरको गाडी एम्बुलेन्स बनाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरको गाडी एम्बुलेन्स बनाइयाे

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउने नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।

    हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुन सक्छ, त्यही भएर पूर्व तयारी स्वरुप हामीहरुले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौ,” थापाले भन्नुभयो ।

    गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुई पटक सूचना आव्हान गरेको थियो । तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्यौ, तर एम्बुलेन्स नै पाइएन,” उहाँले भन्नुभयो ।

    कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शैय्याको आइसोलेशन समेत तयार पारिसकेको छ । आइसोलेशनमा हाल दश थान अक्सिजन सिलिन्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको दश थान सिलिन्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ,” थापाले भन्नुभयो ।