तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैङ्कले रु दुई लाख सहयोग गरेको छ । देवघाट गाउँपालिकामा शाखा रहेको बैङ्कले प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु दुई लाख सहयोग गरेको हो ।
बैङ्कका प्रबन्धक त्रिविक्रम लामिछानेले बुधबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई उक्त चेक हस्तान्तरण गर्नुभयो । सामाजिक उत्तरदायित्व वहन अन्तर्गत बैङ्कले उक्त सहयोग गरेको हो ।
कोरोना भाइरस महामारी नियन्त्रण, न्यूनीकरण तथा व्यवस्थापनका लागि खोलिएको कोषमा सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।