तनहुँ : तनहुँको देवघाटमा कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु भएको छ । देवघाट गाउँपालिका-५ निवासी ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।
गाउँपालिकाले ती महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट नआउँदै उहॉको मृत्यु भएको हो । सोमबार मात्रै रिपोर्ट आएको छ । ती महिलाको सोमबार नै शव व्यवस्थापन गरिएको छ ।