तनहुँ : तनहुँको भानु नगरपालिका–११ मानेचौकामा वर्षाले घर भत्किएको छ । स्थानीय विमला ढुङ्गानाको घर वर्षाले भत्किएको हो ।
वर्षाले घर भत्किएपछि उहाँका परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घर भत्किदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।