तनहुँ : पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा तनहुँको आँबुखैरेनीमा एउटा मनमोहक झरना देखिन्छ । राजमार्गसँगै रहेको उक्त ‘ऐनापहरा झरना’ ले राजमार्ग हुँदै पोखरा, काठमाडौ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ ।
निजी सवारीमा राजमार्गमा यात्रा गर्ने धेरैजसो पर्यटक झरना देखेपछि रोकिएकै हुन्छन् । झरनामा रमाउँदै, तस्वीर खिच्दै पर्यटक उक्त झरनाको सुन्दरता देखेर मोहित हुने गरेका छन् । कोरोना कहर र निषेधाज्ञाका कारण आजभोलि भने उक्त झरना सुनसान छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सीमानामा पर्ने झरनामा तनहुँकै अग्लो महाभारत श्रृङ्खला छिम्केश्वरीको फेदीबाट सिउदी खोलाको पानी बगेर आएको छ ।
तस्वीरहरु : प्रदीपराज वन्त