ऑबुखैरेनी : ऑबुखैरेनीस्थित एक पसलबाट ३१ किलो कुहिएको मासु नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वको अनुगमन टोलीले मनकामना दाना पसलमा सडे गलेर कुहिएको अवस्थामा रहेको ३१ किलो ब्रोईलर कुखुराको मासु र म्याद नाघेको ३४ किलो कुखुरालाई खुवाउने दाना नष्ट गरेको हो ।
प्रशासन कार्यालयले फ्रेस हाउस, दाना पसल, मिनि मार्ट तथा भेटेनरी पसलको अनुगमन गरेको छ । न्यु श्रेष्ठ मिनि मार्टबाट तोकिएको भन्दा बढी मूल्यमा सामान विक्री गरेको भेटिएको छ ।
अनुगमन टोलीमा पशु सेवा तथा भेटेरीनरी अस्पतालका प्रमुख डा. बालकुमार श्रेष्ठ, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, आँबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष पूर्ण बहादुर आले, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रसन्न पोखरेल लगायतको सहभागिता थियो ।