बन्दीपुरको बजेट ५१ करोड : एक हल गोरु – एक थान हलोदेखि कृषकसँग रेडियो कार्यक्रमसम्म (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको बजेट ५१ करोड : एक हल गोरु – एक थान हलोदेखि कृषकसँग रेडियो कार्यक्रमसम्म (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार पाँच सयको अनुमानित बजेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित गाउँसभामा उपाध्यक्ष करुणा गुरुङले आगामी वर्षका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

    गाउँपालिकालाई सङ्घ सरकारमार्फत् वित्तीय समानीकरण अनुदान बापत रु ९ करोड ४ लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु २ करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु ६ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको गुरुङले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेश सरकारमार्फत् वित्तीय समानीकरण अनुदान बापत रु १ करोड ५ लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    गाउँपालिकाले कोराना सङ्क्रमणको महामारी रोकथाम तथा नियन्त्रण र उपचारका लागि रु २० लाख, बन्दीपुर अस्पताल तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद गर्न रु ३३ लाख बजेट विनियोजन गरेको छ ।

    कृषिमा श्रम तथा लागत न्यूनीकरण गर्दै यान्त्रिकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी तथा औजार वितरण गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसि‌ थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार कृषि यन्त्रको प्रयोग गर्न कठिनाई हुने क्षेत्र, साना किसानलाई लक्षित गरी एक हल गोरु ः एक थान हलो कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

    कृषिमा युवाहरुको आकर्षण बढाउन, व्यावसायिक कृषकलाई प्रोत्साहन गर्न गाउँपालिका उत्कृष्ट कृषक पुरस्कार स्थापना गर्ने व्यवस्था मिलाइएको छ । सहकारीमा आबद्ध किसानहरुलाई सहकारीमार्फत् प्रति लिटर दूध उत्पादनमा एक रुपैयाँ अनुदान दिन रकम विनियोजन गरिएको छ । गाउँपालिकाभित्रका कृषि उत्पादन सङ्कलन गर्न डुम्रे बजारस्थित साना सहकारीबाट हस्तान्तरित भवनमा कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न रु ६० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । कृषि उपजको समुचित भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न रु ८३ लाख विनियोजन गरिएको छ ।

    पर्यटन पूर्वाधार निर्माणका लागि मणिमुकुन्देश्वरी पर्खालको निर्माण कार्यलाई निरन्तरता दिँदै मिनी ग्रेटवाललाई पर्यटकीय हवको रुपमा विकास गर्न रु एक करोड ५० लाख र टुडिखेलमा शिशाको भ्युटावर निर्माण गर्न रु एक करोड ५० लाख, जनप्रतिनिधि पार्कलाई रु १० लाख विनियोजन गरिएको छ ।

    पूर्णपाठ

    नीति-तथा-कार्यक्रम-०७८-७९-speech-pdf-bandipur