डुम्रे-बेसीशहर-चामे सडक खण्डमा राति सवारी चलाउन रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डुम्रे-बेसीशहर-चामे सडक खण्डमा राति सवारी चलाउन रोक

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८२, बिहीबार

    लमजुङ, २६ असार । मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर-चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो ।

    जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो ।

    उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।