देवघाट : तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाकाे पहलमा देवघाटका विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गका भुजेल समुदायलाई खाद्यान्न वितरण गरिएकाे छ। फिड द हङ्गग्री नेपालको आयोजना तथा नेप्लीज इन हङकङकाे आर्थिक सहयोग र इन्ट्र्क क्लब अफ बाल्मिकी शिक्षा सदनको साझेदारीमा २४० भुजेल परिवारलाई खाद्यान्न वितरण गरिएकाे हाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले काेराेना कहरका कारण दैनिक ज्यालादारी मजदूर समस्यामा परेकाले उनीहरुलाई लक्षित गरी खाद्यान्न सहयाेग गरिएकाे बताउनुभयाे ।
फिड द हङ्ग्री नेपालका काेषाध्यक्ष प्रज्वल न्याैपानेले विपन्न वर्ग छनाैट गरी चामल, दाल, नून, तेल लगायतका खाद्यान्न सहयाेग गरिएकाे जानकारी दिनुभयाे ।