पोर्चुगल र बेल्जियमको आज महाभिडन्त, रोनाल्डोको किर्तिमानमा सबैको नजर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोर्चुगल र बेल्जियमको आज महाभिडन्त, रोनाल्डोको किर्तिमानमा सबैको नजर

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, आईतवार

    एजेन्सी : युरोकप अन्तर्गत नकआउट चरणको खेलमा आज बेल्जियम र पोर्चुगल भिड्दै छन् । नेपाली समय अनुसार राति १२:४५ बजे हुने यस खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र उत्कृष्ट लयमा रहेको बेल्जियमबीचको यो भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

    बेल्जियम समुह चरणमा समुह बी बाट अपराजित हुदै नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमले समुह चरणका तिनैखेलमा जित हासिल गरेको थियो ।

    त्यस्तै पोर्चुगल भने यस युरोकपको ग्रुप अफ डेथ एफ मा तेस्रो हुदै तेस्रो हुने टिमहरु मध्ये उत्कृष्ट चारमा परेर नकआउटको यात्रा तय गरेको हो ।

    बेल्जियम र पोर्चुगलबीच अहिलेसम्म भएका १८ खेलमा पोर्चुगलले ६ खेलमा जित हासिल गरेको छ भने ७ खेल बराबरीमा रोकिएका छन् । त्यस्तै बेल्जियमले ५ खेलमा जित हासिल गरेको छ ।

    दुवै टिम २०१८ पछि पहिलो पटक खेल्दै छन् । पोर्चुगल बेल्जियमविरुद्धका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ । जसमा ३ जित र २ बराबरी रहेका छन् ।

    यस खेललाई क्रिस्टियानो रोनाल्डो भर्सेज रोमेलु लुकाकुको रुपमा पनि हेरिएको छ । रोनाल्डोले यस युरोकपमा अहिलेसम्म ५ गोल गर्दै आफु उत्कृष्ट लयमा रहेको प्रमाणित गरेका छन् । त्यस्तै लुकाकुले पनि अहिलेसम्म ३ गोल गर्दै रोनाल्डोलाई पछाइरहेका छन् ।

    रोनाल्डो हाल अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलकर्ताको किर्तिमान राखेका इरानका अलि दाइँको बराबरीमा रहेकाले उनले यो किर्तिमानलाई उछिनेर नयाँ आफ्नो नाममा लेखाउने प्रति सबैको नजर हुने देखिन्छ ।

    त्यस्तै यस खेलमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुने र पोर्चुगलका रोनाटो सान्चेजको खेलप्रति प्राणी सबैको नजर हुने देखिन्छ । दुवै उत्कृष्ट लयमा रहेको र मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरिरहेको पछिल्ला खेलहरुमा देख्न सकिन्छ ।

    बेल्जियमका लागि पोर्चुगलविरुद्ध टिमोथी कास्टाग्नेको इन्जुरीले उनी उपलब्ध हुने छैनन् भने उनको ठाउमा खेलिरहेका थोर्गन हजार्डले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

    त्यस्तै पोर्चुगलका लागि बेल्जियमविरुद्ध नेल्सन सेमेडो र डानिलो पेरेइराको खेलको शुरुवाती टिममा पर्ने सम्भावना कम देखिएको छ । त्यस्तै यस युरोकपमा खराब फर्ममा रहेका ब्रुनो फेर्नानडेजले पनि आफ्नो स्थानका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । पोर्चुगलका लागि जोआओ क्यानसेलोको ठाउमा टिममा आएका डिओगो डालोटले शुरुवात गर्न सक्ने सम्भावना रहेको छ ।      

    यस खेलका विजेताले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छन् भने पराजित हुने टिम युरोकपबाट बाहिरिने छ ।

    अहिलेसम्म इटाली र डेनमार्क क्वाटरफाइनलमा पुगेका छन् भने अस्ट्रिया र वेल्स नकआउट चरणबाट बाहिरिएका छन् ।