गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, आईतवार

    पाेखरा : गण्डकी मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय ताेक्नुभएकाे हाे ।

    नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गर्नुभएकाे छ । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै हुनुहुन्छ । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।