तनहुँ : पछिल्लो २४ घण्टामा तनहुँका थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । केही दिनदेखि मृत्यु शुन्य रहेको तनहुँमा कोरोनाबाट थप एकको मृत्यु भएको हो ।
भिमाद नगरपालिका-५ की ७८ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
४८ थपिए
सोमबार तनहुँमा ४८ कोरोना सङ्क्रमित थपिएका छन् । २३ महिला र २५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।