तनहुँ: तनहुँमा जुवाखालबाट १२० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा उक्त सङ्ख्यामा जुवाडे पक्राउ परेका हुन् ।
११ वटा मुद्दा दर्ता हुँदा एक सय २० जना पक्राउ परेका छन् भने रु १४ लाख ३७ हजार दुई सय २५ रकम बरामद भएको छ ।
लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने ३१ किलो ८६५ ग्राम गाँजा, ६६० एम्पुल डाइजेपाम, ६५४ एम्पुल फेनरागन, ६५० एम्पुल नुफिन, १३५ नाइट्रोजन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
अवैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५ सय ८१ क्युफिट सालको काठ बरामद गरिएको छ । प्रहरीले सोही अवधिमा ३५ रोपनी क्षेत्रफमा अवैध रुपमा उम्रिएका ६ हजार पाँच सय गाजाका बोट नष्ट गरेको जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन्तर्फ २ सय ६६ सवारी नियन्त्रण गर्दा रु २२ लाख १० हजार पाँच सय राजश्व सङ्कलन भएको छ । प्रहरीले यस अवधिमा ३८१ फरार प्रतिवादी पक्राउ गरेको छ ।