दमौली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले रु पॉच हजार पॉच सय ५५ सहयोग प्रदान गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएर जान लाग्नुभएका पौडेलले महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । आफ्नो कार्यकालमा जिल्लाभरका पत्रकारहरुको सधैँ साथ सहयोग पाएकामा पौडेलले आभार व्यक्त गर्नुभयो ।
शाखाले कल्याणकारी कोषका लागि सबैसँग सहयोगको अपेक्षा गरेको छ ।