भुजेल समुदायलाई निःशुल्क बिरुवा (फोटोहरु सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भुजेल समुदायलाई निःशुल्क बिरुवा (फोटोहरु सहित)

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७८, सोमबार

    दमाैली : सव डिभिजन वन कार्यालय विमलनगरले बन्दीपुर र आँबुखैरेनीका भुजेल समुदायलाई निःशुल्क बिरुवा वितरण गरेको छ । भुजेल समुदायलाई आयआर्जनमा सघाउने उद्देश्य सहित कार्यालयले आँप, लिची र कागतीका बिरुवा वितरण गरेको हो ।

    बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ का ७५ घरधुरीलाई प्रति घर आँप १०, लिची १० र कागती १० गोटाका दरले वितरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बिरुवा हुर्काउन आग्रह गर्नुभयो ।

    डिभिजन वन कार्यालय तनहुँ र विभिन्न सवडिभिजन वन कार्यालयले यतिबेला निःशुल्क रुपमा विभिन्न प्रजातिका बिरुवा वितरण गरिरहेको छ ।

    May be an image of 2 people, people standing, tree and outdoors
    May be an image of 2 people, people standing, outdoors and tree