निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई छलफलमा बोलायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई छलफलमा बोलायो

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    काठमाडौँ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । जसपाको विवाद समाधानका लागि आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो ।

    जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन् । उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

    सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।