चितवन : गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउदा बुटवल- नारायणगढ सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ। पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो।
सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भइ रहेको छ। अवरूद्ध सडकको डाइभर्सन बनाउने काम भइरहेको र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयाे । राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको छ ।
फाइल तस्वीर