काठमाडाै : उपप्रधान तथा गृहमन्त्री बिष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएकाे छ । उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयाे ।
गृह मन्त्रालयमा बिहीबार बसेको विपद सम्बन्धी बैठकमा उहाँले अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिनुभयाे ।
उहाँले उद्धार तथा राहतका लागि स्रोतको अभाव नहुने पनि बताउनुभयाे । बाढीपहिरोले भत्काएका सडक छिट्टै मर्मत गरिने पनि उहाँले बताउनुभयाे ।
गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताउनुभयाे ।