पीडितलाई राहत, पुनस्र्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जुट्न पूर्वमन्त्री चुमानको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पीडितलाई राहत, पुनस्र्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जुट्न पूर्वमन्त्री चुमानको आग्रह

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बाढीपहिरोबाट पीडित भएकाको उद्धार, राहत, पुनस्र्थापनाका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जुट्न अनुरोध गर्नुभएको छ । अविरल वर्षाका कारण तनहुँको बन्दीपुर लगायतका ठाउँमा बाढीपहिरोले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री चुमानले पीडितलाई राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा जुट्न अनुरोध गर्नुभएको हो ।

    नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई तत्काल राहत, पुनस्र्थापना र संरचनाको पुनर्निर्माणमा जुट्न चुमानले आग्रह गर्नुभयो । बन्दीपुरमा पहिरोले पुरिएर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चुमानले भन्नुभयो, “पहिरोमा पुरिएर घाइते भएका सबैको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।

    पूर्वमन्त्री चुमानले बाढीपहिरोको घटनाबाट सिङ्गो तनहुँ जिल्ला मर्माहत भएको उल्लेख गर्दै धैर्यधारण गर्न आवश्यक सतर्कता अपनाउन अपिल गर्नुभयो ।

    No photo description available.