५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

    खबरपुञ्ज संवाददाता

    २० असार २०७८, आईतवार

    काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सका सेवा ५ लाख घरधुरीमा पुगेको छ । तीव्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो ।

    नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ । वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । यसै बिचमा वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ ।

    यस कम्पनीले आ.व. २०७६/०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन् । वल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो ।

    दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ । वर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ । वर्ल्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गर्नुभएको थियो ।

    त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो । संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्‍यो ।