मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा भरत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा भरत

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, सोमबार

    पोखरा : पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोइरालालाई प्रेस संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।

    २ दशकदेखि पत्रकारितामा क्रियाशील कोइराला आदर्श समाज दैनिकका सम्पादक हुनुहुन्छ ।

    कोइरालाले २०५८ सालमा अन्नपूर्ण पोस्टबाट पत्रकारिता शुरु गर्नुभएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष पनि हुनुहुन्छ।